नियम २८
प्राविधिक परामर्श वा अन्य सेवा लिने अधिकारी
(१) यस नियम बमोजिम आर्थिक
वा प्राविधिक प्रस्ताव स्वीकृत गर्ने अधिकार देहाय बमोजिमको अधिकारीलाई हुनेछः–
(क) महानगरपालिकाको हकमा,–
(१) दश लाख रुपैया“सम्म सचिवले,
(२) पच्चीस लाख रुपैया“सम्म प्रमुखले,
(३) पच्चीस लाख रुपैया“ भन्दा बढी महानगरपालिकाले ।
(ख) उपमहानगरपालिकाको हकमा,–
(१) पा“च लाख रुपैया“सम्म सचिवले,
(२) दश लाख रुपैया“सम्म प्रमुखले,
(३) दश लाख रुपैया“ भन्दा बढी उपमहानगरपालिकाले ।
(ग) नगरपालिकाको हकमा,–
(१) दुई लाख पचासहजार रुपैया“सम्म सचिवले,
(२) पा“च लाख रुपैया“सम्म प्रमुखले,
(३) पा“च लाख रुपैया“ भन्दा बढी नगरपालिकाले ।